समाचार

शिवशक्ति कृषि सहकारीको आयोजनामा किसान चौतारी कार्यक्रम

मकवानपुर । भीमफेदी– ५ सुपिङस्थित शिवशक्ति कृषि सहकारी संस्थाले आज वडा नम्वर–२ भैंसेमा किसान चौतारी कार्यक्रम सञ्चालन गरेको छ । कृषकहरुलाई जैविक खेतीतर्फ उन्मुख गराउने उद्देश्यका साथ स्थानीय जनप्रतिनिधि, राष्ट्रिय कृषक समूह महासंघ, साना किसान समूह तथा कृषि सहकारीका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भएको हो । सो अवसरमा...

एमाले निकट अनेरास्ववियुकी नेता रक्षा बम प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो । बमलाई आपराधिक लाभको कसुरमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका उनलाई अहिले महाराजगञ्ज...

नाउपाले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले उक्त निर्णय गरेको हो । यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन...

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब २३ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा गिरावट आएको छ । चार दिनको ओरालो यात्रामा ब्रेक लाग्दै मंगलबार बजार दोहोरो अकंले बढेको नेप्से आज फेरी घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८३ अकंले घटेर २०२०.८६ बिन्दुमा बन्द भएको छ । बुधबार ३१० कम्पनीको ६०...

पर्यटन बोर्ड सदस्यका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) का सदस्यका लागि पाँच जनाको नाम सिफारिस भएको छ । पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले बोर्ड सदस्यमा रिक्त तीन पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो । सिफरिस समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह (काठमाडौं),...

इलाममा राई र बझाङमा सिंह उठाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । आगामी बैशाख १५ गते २०८१ मा हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने निर्णय गरेको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम...

४ जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको काठमाडौं, धनुषा, पाल्पा र सर्लाही जिल्लाको विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका हुन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर चन्द्रागिरी जोड्ने झुलुङ्गे पुल नजिक बल्खु खोलामा एक पुरुष मृत फेला...

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट ३ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर नगरपालिका–५ पालबारी बस्ने ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४ घर भई हाल काठमाडौं बुढनिलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने २७ वर्षीय महेन्द्र...

सभापति देउवाले इलाम–२ का उम्मेदवारका आकांक्षीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ को उम्मेदवारका आकांक्षीलाई छलफलमा बोलाएका छन् । सभापति देउवाले आज अपराह्न ४ बजे बस्ने गरी उम्मेदवारका आकांक्षीलाई छलफलमा बोलाएका हुन् । उनले आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी उम्मेदवारका लागि सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका हुन् । कांग्रेसको इलाम– १ निर्वाचन क्षेत्र, जिल्ला...

निर्वाचन आयोगद्वारा जसपासँग समानुपातिक उम्मेदवारको नाम माग

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग समानुपातिक उम्मेदवारको नाम मागेको छ । आयोगले रिक्त रहेको समानुपातिक सांसदको नाम सात दिनभित्र सिफारिस गर्न जसपालाई पत्र पठाएको हो । जसपाको समानुपातिक सांसद मञ्जु अन्सारीको गत चैत्र ४ गते ह्रदयघातका कारण निधन भएपछि संसद्को एक सिट रिक्त छ...