समाचार

राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई छलफलमा बोलायो

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रीलाई छलफलमा बोलाएको छ । समितिले सो मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई छलफलमा बोलाएको छ । समितिले बुधबार बिहान ११ बजे बस्ने बैठकमा सहभागी हुन गहमन्त्री लामिछानेलाई बोलाएको उनका सचिवालय सदस्य प्रतिभा रावलले जानकारी...

पाँच सहसचिवको सरुवा

काठमाडौं । सरकारले पाँच जना सहसचिवको सरुवा गरेको छ । सरकारले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । दुई महिना अघि मात्रै आन्तरिक राजश्व विभागमा सरुवा गरिएका भूपाल बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । यस्तै, अर्थ मन्त्रालयका अर्जुन प्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,...

कांग्रेस गैरसरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेस गैरसरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनयन गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल प्रमुख रहेको गैरसरकारी संस्था समन्वय विभागमा पार्टीका सभापति शेरबहादुर देउवाले १० जना सदस्य मनोनीत गरेका हुन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, सो विभागको सदस्यमा डिल्लीराम गिरी, परमेश्वर...

बागमतीमा अनलाइनमार्फत् पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु

हेटौंडा । बागमती प्रदेशमा अनलाइनमार्फत् पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु भएको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइनमार्फत् पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु गरेको हो । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा...

ललितपुर घटनाः संलग्न ४ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सुनसरी धरान उपहानगरपालिका–१३ जिरो घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका–६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु भएको...

हाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

मकवानपुर । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उक्त पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचायले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । उनले जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत्र ९...

मंगलबार शेयर बजारमा सुधार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सुधान आएको छ । चार दिनदेखि लगातार गिरावट आएको शेयर बजारमा आज भने सुधार आएको हो । आज नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेको छ । यससँगै, आज नेप्से परिसूचक २०४१ अंकमा पुगेको छ । आज १६८...

अवैध लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत । प्रहरीले सुर्खेतबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ डेरा गरी बस्ने बराहताल गाउँपालिका–१ घर भएका १९ वर्षीय रबिन्द्र सलामी रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो...

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

बाँके । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बाँकेबाट सोमबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१४ पार्बतीपुरस्थित होम पाईप कम्पनीमा काम गरी बस्ने बर्दिया बाँसगडी नगरपालिका–४ घर भएका २२ वर्षीय अनिल विक रहेका छन् । उनलाई २१ वर्षीया श्रीमती शुशिला सुनारको हत्या गरेको अभियोगमा...

कांग्रेसले उपनिर्वाचनका लागि चैत्र १८ मा उम्मेदवार चयन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि यही चैत्र १८ गते उम्मेदवार चयन गर्ने भएको छ । आगामी २०८१ बैशाख १५ गते हुने उपनिर्वाचनका लागि सभापति शेरबहादुर देउवाले चैत्र १८ मा उम्मेदवार चयन गर्ने जानकारी गराइएको इलामका सभापति डम्बर खड्काले बताए । प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क)...