समाचार
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । यस्तै, कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै...
५ जना बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । भिसाको अवधि सकिएपछि पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २६ वर्षीय एमडी रिफात अहमद, २३ वर्षीय एमडी अब्दुलला, ४५ वर्षीय समसुल होडा, ३० वर्षीय अब्दुस विश्वास र...
नवनियुक्त राज्यमन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ ग्रहण गरेका छन् । कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् । यसअघि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका...
१७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ । होली पर्वपछि खुलेको सेयर बजार १७ अंकले घटेको हो । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा...
उपनिर्वाचनः इलाम–२ का लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस
काठमाडौं । इलाम–२ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ । आगामी बैठक १५ गते हुने उक्त निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सात जनाको नाम सिफारिस गरेको हो । नाम सिफारिस हुनेहरुमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन,...
अछाम दुर्घटना: मृतकको संख्या पाँच पुग्यो
अछाम । अछामको मेल्लेख गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै मेल्लेख–७ नन्देगडाको सुयडीमा दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा मेल्लेख–१ का ५५...
कञ्चनपुर र कैलालीबाट पाँच जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतबार बेलुकी पक्राउ गरेको छ । पक्राउ...
करेन्ट लागेर कर्मचारीको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा आइतबार साँझ करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए । काब्रोको रूखमा कोसा टिप्ने क्रममा...
राज्य व्यवस्था समितिले उच्च अधिकृतहरुलाई छलफलमा बोलाउँदै
काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले केही उच्च अधिकारीलाई छलफलमा बोलाउने भएको छ । गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रूपमै छलफल गर्न गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई बोलाउने भएको छ । सो विषयमा छलफल गर्न यही १४ गते समितिमा बोलाउन...
लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट अवैध लागूऔषधसहित शनिबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, स्थित खाजा घरबाट अवैध लागूऔषध अफिम २ किलोसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा थाहा नगरपालिका–८ काभ्रे बस्ने ५४ वर्षीय तेज बहादुर थिङ र सोही...










