उपनिर्वाचनः इलाम–२ का लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस
काठमाडौं । इलाम–२ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ ।
आगामी बैठक १५ गते हुने उक्त निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सात जनाको नाम सिफारिस गरेको हो ।
नाम सिफारिस हुनेहरुमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई रहेका छन् ।
कांग्रेसको विधानअनुसार संसदीय बोर्डले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।
एमाले सांसद सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।
