राज्य व्यवस्था समितिले उच्च अधिकृतहरुलाई छलफलमा बोलाउँदै

तु खबर संवाददाता
२०८० चैत्र १२, सोमबार १५:४०
file-photo

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले केही उच्च अधिकारीलाई छलफलमा बोलाउने भएको छ ।

गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रूपमै छलफल गर्न गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई बोलाउने भएको छ ।

सो विषयमा छलफल गर्न यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जनाएको छ ।