अछाम दुर्घटना: मृतकको संख्या पाँच पुग्यो

तु खबर संवाददाता
२०८० चैत्र १२, सोमबार १६:२५

अछाम । अछामको मेल्लेख गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ ।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै मेल्लेख–७ नन्देगडाको सुयडीमा दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् ।

यस्तै, सो दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी रहेका छन् ।

ती सबै जनाको उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ । घाइते र मृतक सबै एउटै वडाको रहेको प्रहरीले जनाएको छ ।