लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट अवैध लागूऔषधसहित शनिबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, स्थित खाजा घरबाट अवैध लागूऔषध अफिम २ किलोसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा थाहा नगरपालिका–८ काभ्रे बस्ने ५४ वर्षीय तेज बहादुर थिङ र सोही नगरपालिका–११ घर भई हेटौंडा उपमहानगरपालिका–२ डेरा गरी बस्ने ४३ वर्षीय शरण लामा रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
