करेन्ट लागेर कर्मचारीको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा आइतबार साँझ करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए । काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
