समाचार

सभ्य, शिष्ट र मर्यादित रुपमा होली पर्व मनाउन जिप्रका मकवानपुरको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले होलीलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । प्रशासनले भोलि चैत्र ११ गते आइतबार पर्न गएको फागु पूर्णिमा (होली पर्व) को अवसरमा समस्त नागरिकहरुप्रति शुभकामना दिँदै यस्तो आग्रह गरेको हो । साथै प्रशासनले कसैको इच्छा विपरित रङ्ग, लोला, पानी तथा...

बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाएको आभियोगमा पक्राउ

काठमाडौं । बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याए बन्धक बनाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त घटनाको आरोपमा चार बंगाली नागरिकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१...

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

मस्को । रुसमा एउटा कन्सर्ट हलमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । त्यहाँ कन्सर्ट हुन लागेको थियो । बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध...

न्यून चापीय प्रणालीको प्रभाव: वर्षा र हिमपात

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका आज कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती...

कांग्रेस बागमतीको वैदेशिक रोजगार समन्वय विभागमा २३ सदस्य मनोनित

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेशको वैदेशिक रोजगार समन्वय विभागमा २३ जना सदस्य मनोनित गरेका छन् । सभापति बानियाँले कांग्रेसको बिधान, २०१७ (संशोधन सहित) को धारा १३ (१०) (झ) बमोजिम प्रदेश कार्यसमितिका सदस्य सविन तामाङ प्रमुख रहेका प्रदेशको वैदेशिक रोजगार समन्वय विभागमा सदस्य मनोनित गरेका...

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गरिने

काठमाडौं । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गरिने भएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार उक्त निर्णय गरेको हो । भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले पत्रकार सम्मेलनमार्फत् सो कुराको जानकारी गराएका हुन् । उनले बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १०...

हेटौंडाका २६ वटा होटलको अनुगमन, ६ वटामाथि कारबाही

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित संचालित विभिन्न २६ वटा होटलको अनुगमन गरिएको छ । खाद्य तथा दाना पदार्थ एवम् कच्चा पदार्थको गुणस्तर तथा स्वच्छता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडासहितको टोलीले हेटौंडा बजार क्षेत्रमा संचालित होटलहरुको अनुगमन गरेको हो । संयुक्त बजार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका...

मकवानपुरका युवक प्रहरीको नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ पेन्चे बजारस्थित सडकखण्डबाट बिहीबार साँझ एक युवकलाई नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ५ घर भई हाल मनहरी–७ बस्ने २२ वर्षीय बिवेक प्रजा रहेको जिल्ला...

हत्या अभियोगमा फरार पुरुष २४ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ स्थित लगनटोलमा २०५६ मा हत्या गरेर फरार रहेको एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामकाजी पोडे रहेका छन् । उनलाई कास्कीको लेखनाथ नगरपालिका–११ स्थित फुलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, २०५६ जेठ २ मा रामकाजी पोडे...

काँग्रेस बागमतीमा ९ वटा विभाग गठन

हेटौंडा । नेपाली कांग्रेस बागमतीमा ९ वटा विभाग गठन गरिएको छ । पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शुक्रबार प्रदेश कार्यसमितिका सदस्य प्रमुख रहने गरी ९ वटा विभाग गठन गरेका हुन् । जसअनुसार, सूचना, सञ्चार तथा प्रचार प्रसार विभागमा प्रदीप कोइराला, शुभेच्छुक संस्था समन्वय विभागमा उज्जवलराज घिमिरे, अभिलेख अनुगमन तथा...