बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाएको आभियोगमा पक्राउ
काठमाडौं । बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याए बन्धक बनाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त घटनाको आरोपमा चार बंगाली नागरिकहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे रहेका छन् ।
प्रहरीका अनुसार, बंगलादेशी नागरिकहरुलाई रोजगारीका लागि युरोपका विभिन्न देशहरुमा पठाउने भन्दै बंगलादेशबाट नेपाल ल्याई पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको थिए ।
उनीहरुले ती नागरिकहरुलाई गत चैत्र ५ गते बंगलादेशबाट काठमाडौं ल्याएर बन्धक बनाइएको थियो । पक्राउ परेका उनीहरुले होटलमा बन्धक बनाएर पासपोर्ट नियन्त्रणमा लिने, कुटपिट गर्ने र रकम असुल्न गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
साथै प्रहरीले चार जनालाई उद्धार गर्नुका साथै पक्राउ परेका परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय परिसर पठाइएको जनाएको छ ।