समाचार

अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कञ्चनपुर, कैलाली, मोरङ र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको ईटहरी उपमहानगरपालिका–१ पिपल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २४० मिलिग्राम र नगद ८ हजार...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । भेटको क्रममा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको जनाइएको छ । साथै उनीहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको विषयमा पनि छलफल हुने स्रोतले बतायो । केन्द्रमा...

एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । एमालेले यही चैत्र ११ गते आइतबार बस्ने गरी सचिवालय बैठक आह्वान गरेको हो । समसामयिक राजनीतिक विषयमा छलफल गर्न सचिवालय बैठक आहवान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित...

हाजिरी जमानतमा रिहा भए पूर्वसभामुख महरा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएपछि उनी रिहा भएका हुन् । सीआइबीले उक्त प्रकरणमा गत चैत्र ५ गते कपिलवस्तुबाट महरालाई पक्राउ...

माओवादी केन्द्र मकवानपुर इन्चार्जमा गौतम

मकवानपुर । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका १३ जिल्ला, दुई महानगर र एउटा उपमहानगरकोे इन्चार्ज तोकेको छ । बिहिबार आन्तरिक सर्कुलर जारी गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले मकवानपुर जिल्ला इन्चार्जमा विजय गौतमलाई जिम्मेवारी दिएको छ भने हेटौँडा उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी प्रल्हाद लामिछानेलाई दिइएको छ । गौतम युवा नेताको...

एसईई परीक्षाका लागि मकवानपुरमा २६ परीक्षा केन्द्र तोकियो

मकवानपुर । यही चैत्र १५ गतेबाट संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि मकवानपुर जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको छ । एसईईका लागि जिल्लाको आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा गरी २६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ । जसअनुसार,...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशको विभन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सिन्धुली, कैलाली र कञ्चनपुर जिल्लाको छुट्टछुृट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले मोरङको पथरिशनिश्चरे नगरपालिका–२ छयालिस बिघेबाट अवैध लागूऔषध गाँजा ६ किलोसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ...

राष्ट्रिय भूमि आयोग खारेज

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । नयाँ समिकरण फेरिएसँगै नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन...

बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको बैठक हाल जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बसिरहेको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम...

बालश्रम निबारणमा स्थानीय तह र शिक्षकको भूमिका विषय गोष्ठी

मकवानपुर । मकवानपुरको मनहरीमा बालश्रम निबारणमा क्षेत्रगत अबधारणा र स्थानीय तह तथा शिक्षकको भूमिका विषयक प्रशिक्षण गोष्ठी भएको छ । कार्यक्रम बाल कल्याण समाज मकवानपुर, स्वतन्त्रता अभियान र ग्लोबल मार्चको संयुक्त आयोजना एवम् मनहरी गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रम गाउँपालिकाको उपाध्यक्ष सिता पुलामी मगर (रेखा) को...