राष्ट्रिय भूमि आयोग खारेज

तु खबर संवाददाता
२०८० चैत्र ९, शुक्रबार १०:१४

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो ।

नयाँ समिकरण फेरिएसँगै नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको भूमि आयोगले पछिल्लो समयमा विभिन्न ठाउँमा लालपूर्जा वितरण थालेको थियो ।