समाचार
पालुङ जेसीजद्वारा आयोजित प्रशिक्षण कार्यक्रम सम्पन्न
मकवानपुर । पालुङ जेसीजद्वारा आयोजित एक दिने प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जिल्लाको थाहा नगरपालिका–३, स्थित जनकल्याण माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको लागि लक्ष्य निर्धारण सम्बन्धी एकदिने प्रशिक्षण दिइएको हो । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जीवन उपयोगी सीपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि उक्त प्रशिक्षण कार्यक्रमको...
देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज...
आज तीन वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । जसअनुसार मध्यान्ह १२ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत...
मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा गठी गरेको अभियोगमा प्रहरीले पोखराबाट एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी कावासेती नगरपालिका–८ ठेगाना भई कास्की पोखरा महानगरपालिका–६ बस्ने ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्री रहेका छन् । पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई झुक्यानमा पारी बिहे गरी मानव बेचबिखन...
कोदालो प्रहारबाट तीन जना गम्भीर घाइते
बैतडी । बैतडीमा कोदालो प्रहारबाट बिहीबार तीन जना गम्भीर घाइते भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गर्दा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् । धामीले कोदालो प्रहार गर्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती...
विभिन्न मुद्दाका १९३ जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा
काठमाडौं । पछिल्लो सयम विभिन्न आपराधिक घटनामा संलग्न रही अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका १९३ जना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयको टोलीले गत फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका १४३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । कानूनी राज्य...
नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सैँ घण्टा खुल्ला हुने
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संचालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा खुल्ला हुने भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सैँ घण्टा खुल्ला रहने व्यवस्था मिलाइएको हो । जसअनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्सालमा संचालन गरिरहेको पेट्रोल...
सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच औपचारिक भेट
काठमाडौं । सभामुख देवराज घिमिरे र नवनियुक्त राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच औपचारिक भेटवार्ता भएको छ । अध्यक्ष दाहालले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि सभामुखसँग बिहीबार पहिलो पटक भेट गरेका हुन् । उनीहरुबीच संसद् सचिवालय सिंहदरवारमा भेटवार्ता भएको हो । सो क्रममा अध्यक्ष दाहाललाई सभामुख घिमिरे शुभकामना तथा बधाई...
हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो दुरीका २ सडक बन्द
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो दुरीका दुई वटा सडक बन्द गरिएको छ । स्तरोन्नतिका लागि हेटौंडाबाट काठमाडौं जोड्ने भीमफेदी कुलेखानी चखेल–मातातीर्थ सडकखण्ड र कान्तिलोकपथ बन्द गरिएको हो । तीमध्ये भीमफेदी–कुलेखानी–चखेल–मातातीर्थ सडक १६ दिनका लागि बन्द गरिएको हो । उक्त सडकमा कालोपत्रे बिछ्याउन सडक बन्द...
चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै, बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा नेपाल...








