समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मध्यविन्दु । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा मोटरसाइकलमा...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबार काठमाडौंमा दिनभर नै वर्षा भएको थियो । आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने नदेखिएको र तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना रहेको महाशाखाले...

महरा पक्राउबारे बाबुरामः सानो माछा फसाएर आफु चोखिन खोजेको त होइन ?

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउको विषयलाई लिएर नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आशंका व्यक्त गरेका छन् । पार्टी बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले रहेका भट्टराईले सबैमाथि छानबिन गरेर कारबाही गर्नसक्ने उच्चस्तरीय अंग बन्नुपर्नेमा जोड दिए ।...

एसईई परीक्षाका लागि सबै तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि परीक्षाका लागि बोर्डल देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । परीक्षा चैत १५...

प्रतिनिधि सभाको शिक्षा समिति सभापतिमा थापा

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका सांसद थापाको मात्र उम्मेदवारी परेको थियो । उनको उम्मेदवारीमा थापाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा...

सांसदहरूको सुझावलाई समेटेर बजेट तयार पार्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सांसदहरूले दिएको सुझावलाई समेत समेटेर आगामी आर्थिक वर्षको बजेट तयार पार्ने घोषणा गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले दिएका सुझावको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् ।...

आजबाट हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य बन्द

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य बन्द भएको छ । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका केही उपकरणहरुको तत्काल मर्मत, सम्हार गर्नुपर्ने भएकोले सिमेन्टको उत्पादन कार्य बन्द गरेको जनाएको छ । सो उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले २ हप्ताभित्रै आगो बाल्ने भट्टीलगायत केही उपकरण मेसिनहरुको मर्मत सम्हार गरेर पुनः सिमेन्टको...

राष्ट्रिय सभा: कार्यव्यवस्था समितिका लागि नाम मनोनयन

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको मनोनयन भएको छ । नाम मनोनयन हुनेहरुमा क्रमशः आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरुको नाम राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श...

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । साता कारोबारको आज चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर २०६३.९५ बिन्दुमा बन्द भएको हो । यस्तै, आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच भएको भने ३ अर्ब ४९ करोड...

प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा नवनियुक्त ५५ जना अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति शर्माले अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । जसमा...