शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । साता कारोबारको आज चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर २०६३.९५ बिन्दुमा बन्द भएको हो ।
यस्तै, आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच भएको भने ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से ६.२४ अंकले घट्दै २ हजार ६७.२९ अंकमा पुगेर रोकिएको थियो । यस्तै, मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको थियो ।
