समाचार

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ । प्रहरीले पर्वत फलेवास नगरपालिका–२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३१...

राष्ट्रिय योजना आयोगमा चार सदस्य थप

काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य थप गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री...

परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाँदै

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ यही चैत्र ११ गते आइतबार चीन भ्रमणमा जाँदैछन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । चीनमा भ्रमणको क्रममा मन्त्री श्रेष्ठले त्यहाँका विदेश मन्त्री वाङ यीसँग भेटघाट गर्नेछन् । साथै चैत्र १३ गते लगानी सम्मेलनको बारेमा...

सीआईबीले लियो विनोद चौधरीसँग बयान

काठमाडौं । उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बयान लिएको छ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका चौधरीसँग सीआईबीले आज बिहान बयान लिएको स्रोतले जनाएको छ । आज बिहान सीआईबीको सम्पर्कमा आएका चौधरीले आफै सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका हुन्...

बागमतीका किशोरीहरूलाई एचपीभीविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

हेटौंडा । बागमती प्रदेशका किशोरीहरूलाई आज पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) को दोस्रो मात्रा दिइने भएको छ । गत भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सातै प्रदेशका किशोरीहरुलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो मात्रा ६ महिनापछि आज बागमतीका किशोरीहरुलाई दिन लागिएको हो । प्रदेशका १३ जिल्लाका १४ वर्ष...

बाघको छालासहित एक युवक पक्राउ

नेपालगन्ज । बाके प्रहरीले नेपालगञ्जको रोयल महाबु होटेलबाट दुलर्भ पाटेबाघको छालासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाकेले सुर्खेत बराहाताल गाउपालिका–२ का २८ वर्षीय चन्द्र कहादुर कार्कीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, हरियो कालो रंगको झोलामा लुकाइ छिपाइ ल्याएर होटेलको कोठा नं १०१ मा...

आज एकैपटक ६ संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । त्यस्तै, साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समिति, साढे १० बज महिला तथा...

कैलाशमा दोस्रो संस्करणको अध्यक्ष कप सुरु

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता बुधबारबाट सुरु भएको हो । कैलाश–९ स्थित नामटारमा सुरु भएको उक्त प्रतियोगिताको पालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ...

हेटौंडा–३ का महिलाहरुलाई सवारी साधन प्रशिक्षण तालिम

मकवानपुर । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटमा समावेश महिला लक्षित कार्यक्रममा सहभागी बन्दै सवारी चालकको प्रशिक्षण लिएका हेटौंडा–३ का केही महिलाहरु सवारी चालक बन्ने भएका छन् । महिलाहरुको आर्थिक पाटोमा सहयोग पुर्याउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा समावेश रहेको २ लाख रुपैयाँ बजेटबाट कार्यालयले वडामा...

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदैछ । हरेक वर्ष २१ मार्च पर्ने उक्त दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको हो । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा...