बाघको छालासहित एक युवक पक्राउ
नेपालगन्ज । बाके प्रहरीले नेपालगञ्जको रोयल महाबु होटेलबाट दुलर्भ पाटेबाघको छालासहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाकेले सुर्खेत बराहाताल गाउपालिका–२ का २८ वर्षीय चन्द्र कहादुर कार्कीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, हरियो कालो रंगको झोलामा लुकाइ छिपाइ ल्याएर होटेलको कोठा नं १०१ मा राखेको अवस्थामा बाघको छाला ५ फिट ९ इन्च लामो र ३ फिट २ इन्च चौडा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
कार्कीले सुर्खेतबाट बाघको छाला ल्याएर आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद भएको बाघको छाला र पक्राउ परेका कार्कीलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाइएको छ ।
