पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र ८, बिहीबार १५:४३

काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीले पर्वत फलेवास नगरपालिका–२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सापकोटाले एक जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित प्याकिङ कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।