कैलाशमा दोस्रो संस्करणको अध्यक्ष कप सुरु

तु खबर संवाददाता
२०८० चैत्र ८,बिहीबार ०८:४४

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता बुधबारबाट सुरु भएको हो ।

कैलाश–९ स्थित नामटारमा सुरु भएको उक्त प्रतियोगिताको पालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ । वडा नम्बर ४ लाई ३–० गोल अन्तरले हराउँदै वडा नम्बर १० विजयी भएको हो । प्रतिस्पर्धामा बुद्ध थिङ र सागर बलले १–१ गोल गरे भने १ गोल आत्मघाती उपहार पाएको हो ।

यस्तै, बुधबार नै भएको दोस्रो खेलमा वडा नम्बर ५ र ९ बीच पहिलो हाफ खेलेर रोकिएको छ । बाँकी समयको खेल बिहिवार बिहान हुने रेफ्री सन्तोष राईले जानकारी दिए ।

सोे प्रतियोगिताबाट विजयी हुने समूहले बिहीबार वडा नम्बर ८ सँग प्रतिस्पर्धा गर्नेछ ।