हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो दुरीका २ सडक बन्द

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो दुरीका दुई वटा सडक बन्द गरिएको छ ।
स्तरोन्नतिका लागि हेटौंडाबाट काठमाडौं जोड्ने भीमफेदी कुलेखानी चखेल–मातातीर्थ सडकखण्ड र कान्तिलोकपथ बन्द गरिएको हो ।
तीमध्ये भीमफेदी–कुलेखानी–चखेल–मातातीर्थ सडक १६ दिनका लागि बन्द गरिएको हो । उक्त सडकमा कालोपत्रे बिछ्याउन सडक बन्द गरिएको जनाइएको छ ।
यस्तै, यसअघि कान्तिलोकपथ सडक ४५ दिनका लागि बन्द गरिएको छ । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा आउने बाटो गत चैत्र १ गतेदेखि ४५ दिन बन्द गरिएको हो ।
बैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सडकमा सवारी साधन संचालनमा रोक लगाइएको हो ।