प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० चैत्र ९, शुक्रबार १५:३९
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । भेटको क्रममा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको जनाइएको छ ।

साथै उनीहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको विषयमा पनि छलफल हुने स्रोतले बतायो ।

केन्द्रमा नयाँ गठबन्धन बनाएका माओवादी र एमालेबीच प्रदेश सरकारको नेतृत्व भने बाँडफाँट हुन बाँकी छ ।