समाचार
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा २३ सदस्य
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा २३ सदस्यीय बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधि सभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषदमा २२ सदस्यीय बनेको हो । कार्कीलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनी जसपाबाट राज्यमन्त्री बनेका...
कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा रोकाय
काठमाडौं । नेपाली कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन् । कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरिएको जानकारी गराएका हुन् । गत माघ ११ गते सम्पन्न राष्ट्रिय...
अछाममा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
धनगढी । अछाममा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार, उक्त...
अनेरास्ववियु मकवानपुरको पूर्ण बैठक सम्पन्न
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठक अनेरास्वव्यिु मकवानपुरका अध्यक्ष अमृत बर्तौलाको सभाध्यक्षतामा शनिबार सम्पन्न भएको हो । बैठक तथा प्रशिक्षण कार्यक्रम अनेरास्ववियु केन्द्रीय सदसय एवम् मकवानपुरका इन्चार्ज भुवन मैनालीको प्रमुख आतिथ्यतामा बसेको हो ।
होली खेलेर नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका छन् । आइतबार उदयपुर त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका उनीहरुको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी...
आज तराईमा होली मनाइँदै
काठमाडौं । आज तराईका जिल्लामा होली पर्व मनाइँदैछ । पहाडी र हिमाली क्षेत्रमा हिजो आइतबार मनाइएको होली आज तराईमा हर्षोल्लासका साथ मनाइने भएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै आएको छ । आज...
आजको मौसमः पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक...
होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जनाको मृत्यु
काठमाडौँ । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् । पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ...
मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दो
मकवानपुर । मकवानपुर जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्दै गएको छ । जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार, जिल्लाको विभिन्न पालिकामा रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य...
यस सातामा ११ सयले बढ्यो सुनको भाउ
काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यस साता सुनको भाउ बढेको हो । महासंघका अनुसार, यस साता सुन प्रतितोल एक हजार १ सय रुपैयाँले बढेको हो । गत साताको शुक्रबार तोलामा १ लाख २५ हजार ४००...









