कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा रोकाय
काठमाडौं । नेपाली कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन् ।
कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरिएको जानकारी गराएका हुन् ।
गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए ।
उनी नेपाल विद्यार्थी संघ रुकुमका संस्थापक अध्यक्ष हुन् ।
