यस सातामा ११ सयले बढ्यो सुनको भाउ

तु खबर संवाददाता
२०८० चैत्र १०,शनिबार १४:४३
file photo

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यस साता सुनको भाउ बढेको हो ।

महासंघका अनुसार, यस साता सुन प्रतितोल एक हजार १ सय रुपैयाँले बढेको हो । गत साताको शुक्रबार तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको यो साता १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, गत साताको शुक्रबार १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन यस साता प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, यो साता चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार १ हजार ५ सय १५ रुपैयाँ कायमको चाँदीको प्रतितोला १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।