समाचार
मकवानपुरमा सालनालसहितको नवजात शिशु मृत फेला
मकवानपुर । मकवानपुर जिल्लामा आज बिहान सालनालसहितको नवजात शिशु मृत फेला परेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ मनहरी रमौली बांगेटोलस्थित रहेको मनहरी खोला छेउमा मृत अवस्थामा नवजात शिशु फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान अन्दाजी...
ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
जनकपुरधाम । जनकपुरधाममा आज बिहानै ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर...
कारको ठक्करबाट मकवानपुरका ११ वर्षीय बालकको मृत्यु
मकवानपुर । मकवानपुरमा कारको ठककरबाट ११ वर्षीय बालकको मृत्यु भएको छ । सिन्धुली सडकअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–४, गोठखोलामा सोमबार कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय निशान बानियाँ रहेका छन् । प्रहरीका अनुसार, सोमबार दिउँसो १ बजेको समयमा हात्तिसुडेबाट गरगरेतर्फ...
मुख्य न्यायाधिवक्ताको कार्यालयको स्थापना दिवस मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार मुख्य न्यायधिवक्ताको कार्यालयको स्थापना दिवस मनाइएको छ । वि.सं. २०७४ चैत्र १२ गते यस कार्यालयको स्थापना भएको ७ वर्ष पूरा गरी ८ औं वर्षमा प्रवेश गरेको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडा कार्यालयले स्थापना दिवस मनाएको हो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका...
अन्तर प्रदेश राष्ट्रिय खेलकुदः चितवनमा उद्घाटन, हेटौंडामा समापन
हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । यही चैत २५ गतेबाट हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पूरा भएको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने सो प्रतियोगिताको...
हेटौंडामा ६७ औं सहकारी दिवस मनाइँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही चैत्र १४ गते बुधबार ६७ औं सहकारी दिवस भब्य रुपमा मनाइने भएको छ । “सहकारीमा सुशासन: प्रविधि र एकीकरण” भन्ने नाराका साथ बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डसंगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघ र मकवानपुरका विषयगत...
मकवानपुरमा बाघको आक्रमणबाट चार वटा गाई मर्यो
मकवानपुर । मकवानपुरमा बाघको आक्रमणबाट चार वटा गाई मरेको छ । जिल्लाको बागमती गाउँपालिका–७ मनसाही जरायोटारमा बाघले चार वटा गाई मारेको हो । मनकामना सामुदायिक वनमा चरनामा रहेका स्थानीय ६५ वर्षीय रुद्रबहादुर रानाको ४ वटा गाई बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्ररहीका अनुसार, ती गाईहरु...
कर्णाली पुलबाट हाम फालेका युवक अझै बेपत्ता
काठमाडौं । कर्णाली पुलबाट हाम फाल्दा युवक अझै बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनसार, सोमबार कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकैसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लोकेन्द्र बेपत्ता भएका हुन् । बेपत्ता उनको...
एम्बुलेन्सको ठक्करबाट युवकको मृत्यु
जनकपुरधाम । धनुषाको जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा सोमबार साँझ एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरीका अनुसार, जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१...
२३ जना प्रहरी सम्पर्कविहीन
काठमाडौं । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी सो बारे जानकारी गराएको हो । जारी सूचना अनुसार, चार जना असइ (प्रहरी सहायक निरीक्षक) सहित २३ जना सम्पर्कविहीन भएका हुन् । प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित...









