मकवानपुरमा बाघको आक्रमणबाट चार वटा गाई मर्यो
मकवानपुर । मकवानपुरमा बाघको आक्रमणबाट चार वटा गाई मरेको छ । जिल्लाको बागमती गाउँपालिका–७ मनसाही जरायोटारमा बाघले चार वटा गाई मारेको हो ।
मनकामना सामुदायिक वनमा चरनामा रहेका स्थानीय ६५ वर्षीय रुद्रबहादुर रानाको ४ वटा गाई बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्ररहीका अनुसार, ती गाईहरु आक्रमण गरि मारेको अवस्थामा मृत फेला परेको हो ।
पछिल्लो समयमा जिल्लामा बाघले मकवानपुरको किसानहरु मारमा पर्ने गरेको छ । केही समय अगाडि बकैया गाउँपालिका वडा ६ स्थित सुधामा बाघको आक्रमणबाट १९ वटा खसी–बाख्रा मरेको थियो ।
