ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
जनकपुरधाम । जनकपुरधाममा आज बिहानै ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर बिरामी भएकी थिइन् ।
उनको उपचारको लागि न्यूरो हस्पिटलमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
