समाचार

चितवन र झापाबाट ६ जना पक्राउ

हेटौंडा । नेपाल प्रहरीले अवैध लागूऔषधसहित दुई छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलडाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित मंगलबार चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ । मोरङमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ग्रामथान गाउँपालिका–६ झौवाबनी बस्ने ५५ वर्षीय सन्तलाल धामी रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती महिलालाई सोमबार दिउँसो जबरजस्ती...

बालुवाटारमा माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाद जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो । उक्त बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल भइरहेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा...

हेटौंडाको नारायणी कलेजमा आगलागी

मकवानपुर । मकवानपुरको हेटौंडास्थित नारायणी कलेजमा मंगलबार आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका–१० मा रहेको तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा विद्युतको लाइन सर्ट भएर आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त आगो हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट एक...

५० ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौं । ५० ग्राम तौलको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान एक युवक पक्राउ परेका छन् । भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुनको एक थान ब्रासलेटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–११ घर भएका २३ वर्षीय...

नाउपाले बोलायो संस्थापक र सांसदहरूको बैठक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संस्थापक र सांसदहरुको बैठक आह्वान गरेको छ । नाउपाले संघीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय गर्न आज बैठक बोलाएको हो । जसअनुसार, अहिले बिहान ९ बजे २१ जना संस्थापकहरूको बैठक बस्दैछ । संथापकहरु सहितको सांसदहरूको बैठक भने दिउँसो बस्ने...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ । सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको लागि कार्यक्रम स्थगित गरेको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त कार्यक्रम स्थगित गरेकी हुन् । आगामी आर्थिक वर्षदेखि सिधै स्थानीय तहमा बजेट पठाइने गरी यो वर्ष उक्त...

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ । यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि...

मकवानपुरमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते

मकवानपुर । मकवानपुरमा मंगलबार साँझ एम्बुलेन्स दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ नर्सिङ डाँडास्थित भित्रि सडकखण्डमा बा.प्र.०१–००३ झ ५८०६ नं.को एम्बुलेन्स आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्न गई दुर्घटना हुँदा एम्बुलेन्स चालक घाइते भएका हुन् । घाइते हुनेमा...

आज राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुनेछन् । गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई छलफलमा बोलाएको उनका...