मकवानपुरमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते

तु खबर संवाददाता
२०८० चैत्र १४, बुधबार ०८:४६

मकवानपुर । मकवानपुरमा मंगलबार साँझ एम्बुलेन्स दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ नर्सिङ डाँडास्थित भित्रि सडकखण्डमा बा.प्र.०१–००३ झ ५८०६ नं.को एम्बुलेन्स आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्न गई दुर्घटना हुँदा एम्बुलेन्स चालक घाइते भएका हुन् ।

घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ बस्ने अन्दाजी ३७ वर्षीय पेमा रत्न लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, सुकौरा स्वस्थ्य चौकीको संचालनमा रहेको उक्त एम्बुलेन्ससुकौराबाट नर्सिङ डाँडातर्फ बिरामी पुराई फर्कने क्रममा दुर्घटना हुँदा लामा घाइते भएका हुन् ।

घाइते लामाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको हेटौंडाको सहकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।