काँग्रेस बागमतीमा ९ वटा विभाग गठन

तु खबर संवाददाता
२०८० चैत्र ९,शुक्रबार १६:१०
file-photo

हेटौंडा । नेपाली कांग्रेस बागमतीमा ९ वटा विभाग गठन गरिएको छ । पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शुक्रबार प्रदेश कार्यसमितिका सदस्य प्रमुख रहने गरी ९ वटा विभाग गठन गरेका हुन् ।

जसअनुसार, सूचना, सञ्चार तथा प्रचार प्रसार विभागमा प्रदीप कोइराला, शुभेच्छुक संस्था समन्वय विभागमा उज्जवलराज घिमिरे, अभिलेख अनुगमन तथा मूल्याङ्कन विभागमा सुमनराज कार्की, जल ऊर्जा तथा प्राकृतिक श्रोत विभागमा गीता सिम्खडा, शाति सुरक्षा तथा प्रशासन विभागमा रामेश्वरसिंह ओली प्रमुख बनेको नेपाली कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिए ।

यसैगरी, द्वन्द्व व्यवस्थापन विभागमा राजेश महर्जन, अन्य पार्टी सम्पर्क विभागमा धर्मराज अर्याल, भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा विक्रम लामा र कृषि तथा भूमिसुधार विभाग प्रमुखमा कुमार दुलाललाई मनोनित गरिएको उनले बताए ।