पाँच सहसचिवको सरुवा

तु खबर संवाददाता
२०८० चैत्र १३, मंगलवार १७:४३

काठमाडौं । सरकारले पाँच जना सहसचिवको सरुवा गरेको छ । सरकारले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

दुई महिना अघि मात्रै आन्तरिक राजश्व विभागमा सरुवा गरिएका भूपाल बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ ।

यस्तै, अर्थ मन्त्रालयका अर्जुन प्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

अर्थमा सरुवा भएका सहसचिवहरुको जिम्मेवारी भने तोकिएको छैन ।