श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
बाँके । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बाँकेबाट सोमबार राति एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१४ पार्बतीपुरस्थित होम पाईप कम्पनीमा काम गरी बस्ने बर्दिया बाँसगडी नगरपालिका–४ घर भएका २२ वर्षीय अनिल विक रहेका छन् ।
उनलाई २१ वर्षीया श्रीमती शुशिला सुनारको हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, विकले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी सुनारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
