निर्वाचन आयोगद्वारा जसपासँग समानुपातिक उम्मेदवारको नाम माग
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग समानुपातिक उम्मेदवारको नाम मागेको छ ।
आयोगले रिक्त रहेको समानुपातिक सांसदको नाम सात दिनभित्र सिफारिस गर्न जसपालाई पत्र पठाएको हो ।
जसपाको समानुपातिक सांसद मञ्जु अन्सारीको गत चैत्र ४ गते ह्रदयघातका कारण निधन भएपछि संसद्को एक सिट रिक्त छ ।
उक्त ठाउँमा समानुपातिक सूचीमा रहेका एक जना उम्मेदवारको नाम सिफारिस गर्न आयोगले पत्र पठाएको जसपा कार्यालयले जनाएको छ ।
