दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब २३ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा गिरावट आएको छ ।
चार दिनको ओरालो यात्रामा ब्रेक लाग्दै मंगलबार बजार दोहोरो अकंले बढेको नेप्से आज फेरी घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८३ अकंले घटेर २०२०.८६ बिन्दुमा बन्द भएको छ ।
बुधबार ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
साथै बुधबार १२ उपसूचक राताम्य भएको जनाइएको छ ।