आगलागीमा परेर वृद्धको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र १४, बुधबार १७:२२
file-photo

दोलखा । दोलखामा आज बिहान आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका–८ मा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा विगु–८ खोपाचाँगुका ८३ वर्षीय वृद्ध खड्गबहादुर श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार, जस्ताको टहरामा पसल संचालन गर्दै आएको उनको बिहान ३ बजे तिर अचानक पसलमा भएको आगलागीमा जलेर मृत्यु भएको हो ।

श्रेष्ठ पसलामा एक्लै बस्दै आएका थिए । आगलागीले पसल पूर्ण रूपमा जल्दा ४ लाख बढीको क्षति भएको छ ।

आगलागीको कारण भने खुल्न नसकेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।