हेटौंडामा ट्याङ्करबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले डिजेल चोरी गर्ने दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित नवदुर्गा आयल स्टोरको कम्पाउण्डभित्रबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, अमलेखगन्जबाट काठमांडौतर्फ जादै गरेको ना ७ ख २७९४ नम्बरको तेल ट्याङ्करको डिजेल चोरी गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा–९ नव दूर्गा आयल स्टोरमा काम गर्ने ३० वर्षीय बिरेन्द्र साह र सोही ट्याङ्कर चालक पर्सा वीरगञ्ज–११ श्रीपुर बस्ने ४९ वर्षीय आलम हवारी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ४० लिटर डिजेल समेत बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि थानकोट डिपोमा पठाउने तयारी भइरहेको जनाइएको छ ।
