अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा दुई जना घाइते

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार १६:३६

बुटवल । अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

कपिलवस्तुदेखि अर्घाखाँचीतर्फ जाँदै गरेको ना १ ख ८४७३ नम्बरको टिप्पर गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका–३ स्थित पाडेगैरा बासको ओरालोमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा परेर टिपर चालक अमृत चुदाली र सह–चालक पुरन मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरू सन्धिखर्क नगरपालिका–७ निवासी रहेको खुलेको छ ।

दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात् बुटवल रिफर गरिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।