डा.प्रतिभा धौभडेल मृत अवस्था फेला

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार ०९:४५
file-photo

काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डा. प्रतिभा धौभडेल मृत अवस्था फेला परेकी छन् ।

३४ वर्षीया डा. प्रतिभा काठमाडौं महानगरपालिका–१३, छाउनीस्थित आफ्नै घरमा मृत भेटिएको प्रहरी वृत कालिमाटीले जनाएको छ ।

सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ ।

प्रहरी वृत कालिमाटीका अनुसार, उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

उनी असार २५ बाट धादिङ अस्पतालमा कार्यरत थिइन् । बिदामा काठमाडौं आएकी उनी मृत भेटिएकी हुन् ।