मोटरसाइकल दुर्घटनामा परेर शिक्षकको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार १५:३५

काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परेर एक शिक्षकको मृत्यु भएको छ ।

दुर्घटनामा परेर बाग भैरव माविका शिक्षक रमेश बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गएराति बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चन्दनपुर बस्ने ५२ वर्षीय उनको मृत्यु भएको हो ।

बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको मोटरसाइकल बजगाईंले चलाएका हुन् । मृतक बजगाईँको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको जनाइएको छ ।