स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाठ्यक्रम विकास केन्द्रको आग्रह

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
शुक्रबार सबै स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयहरूका नाममा सूचना जारी गर्दै केन्द्रले सो बारे आग्रह गरेको हो ।
पाठ्यक्रम विकास केन्द्रले शिक्षा नियमावलीमा विद्यालयहरूले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक स्वीकृत गरेको हुनुपर्ने प्रावधान छ ।
सोही व्यवस्था अनुरूप पाठ्यक्रम विकास केन्द्रले प्रत्येक वर्ष पाठ्यपुस्तक तथा सिकाइ सामग्री स्वीकृत गरी सूचीकरण गर्दै आएको छ ।