यो साता ३५ सयले बढ्यो सुनको भाउ

तु खबर संवाददाता
२०८० चैत्र १७,शनिबार १६:५१
file-photo

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ३५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो साताको तुलनामा यस साता सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा उक्त रकम बराबरले सुनको भाउ बढेको हो ।

गत साताको शुक्रबार प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस सातामा आइपुग्दा प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, गत शुक्रबार प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजावी सुन यस साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, यो साता चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १५ सय रुपैयाँ रहेको चाँदीको भाउ यो साताको शुक्रबारसम्म १५ सय १५ रुपैयाँ कायम भएको जनाइएको छ ।