१७ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

तु खबर संवाददाता
२०८० चैत्र १८,आईतवार १७:०५

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ ।

आइतबार नेप्से सूचक १७ दशमलव ३० अंकले अंकले घट्दै २ हजार १८ दशमलव ३३ अंकमा झरेको हो ।

यस्तै, नेप्से सूचक घटेको बजारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख ५७ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

आज कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा ६३ वटा कम्पनीको मात्र वृद्धि भएको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।