भिरबाट लडेर मकवानपुरकी ८ वर्षीया बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ६ ठुलोसुधामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय सन्दिप भोम्जनको छोरी ८ वर्षीया पुर्णिमा भोम्जनको भिरबाट लडेर मृत्यु भएको मकवानपुरका प्रहरी नयाव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, शनिबार ती बालिका घरबाट निस्कि हिडेको र खोजतलास गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएकी हुन् ।
आफ्नै घरदेखी अन्दाजी दुइ सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक बनको सुधाभिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको जनाइएको छ ।
