मकवानपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरमा आज बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ८ कायरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय देबराम रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान ८ बजेको समयमा रुम्बा आफ्नै घर अगाडिको बारीमा मकै हेर्न गएका थिए ।
सो क्रममा मकै बारीमा भुईमा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन गई अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
इलाका प्रहरी कार्यालय फापरबारीबाट टोली खटी खई घट्नास्थलमा प्रारम्भिक कार्य सम्पन्न गरी मृतक रुम्बाको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याएको जनाइएको छ ।
