माओवादीद्वारा बझाङ प्रदेश सभा १ मा बुढाको नाम सिफारिस
काठमाडौं । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ (१) मा जनकराज बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
बुढालाई आइतबार बसेको माओवादी प्रदेशसभा पदाधिकारी बैठकले उम्मेदवार बनाउन नाम सिफारिस गरेको सो पार्टीका नेता ओमप्रकाश पुनले जानकारी दिए ।
बुढाको उम्मेदवारी सिफारिस भएपछि गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीबीच रोचक भिडन्त हुने देखिन्छ ।
यसअघि एमालेले दमनबहादुर भण्डारी र नकेपा एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
