एमाले लमजुङको अध्यक्षमा विष्ट

तु खबर संवाददाता
२०८० चैत्र १९, सोमबार १६:१६
file-photo

लमजुङ । नेकपा एमाले जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् ।

कमिटिको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले पराजित गर्दै विष्ट अध्यक्षमा विजयी भएका हुन् ।

यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीलाई पराजित गर्दै उनले विजयी हाँसिल गरेको हो ।

अध्यक्ष पदमा विजयी भएका विष्टले २ सय ८८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी अधिकारीले १ सय ९९ मत प्राप्त गरे ।

बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए ।