सोमबार पनि ओरालो लाग्यो शेयर बजार

तु खबर संवाददाता
२०८० चैत्र १९,सोमबार १६:५१

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार ओरालो लागेको छ ।

आइतबार १७ दशमलव ३० अंकले घटेको नेप्से परिसूचक सोमबार ६ दशमलव २६ अंकलेको घटेको हो ।

यसअघि आइतबार २ हजार १८ दशमलव ३३ अंकमा झरेको नेप्से आज २ हजार १२ दशमलव ७ बिन्दुमा पुगेर रोकिएको छ ।

सोमबार ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।