समाचार
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न दुई प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनुका साथै कोशी, बागमती, गण्डकी...
राष्ट्रिय सभाका तीन समितिको बैठक आह्वान
काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो । जसअनुसार, बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन...
बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त, शपथ आज
मकवानपुर । बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् । मगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय हेटौंडाले जनाएको छ । विना विभागीय मन्त्री आलेले आज बिहान ९ बजे पद तथा गोपनीयता शपथ लिने जनाइएको छ । सांसद...
बालिकालाई वेश्यावृत्तिमा लगाउने पक्राउ
काठमाडौं । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरका संचालक उदयपुरका २३ वर्षीय नवीनकुमार मगर रहेका छन् । १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने मगरलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।...
‘सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा स्थापित गराउनुपर्ने’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा समाजमा स्थापित गराउनुपर्ने बताएका छन् । ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारासहित मंगलबार मनाइँदै गरिएको ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति–विसंगतिको अन्त्य गर्नुका...
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । गत फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत प्राप्त गरेका हुन् । अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार...
मकवानपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
मकवानपुर । काठमाडौं–तराई फाष्ट ट्र्याकको सुरुङ निर्माण तथा पुल निर्माण गर्न आएको चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले आज मकवानपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चिनियाँ चिकित्सा सहायता अभियान अन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा रहेका धेद्रे, कोलखोला, महादेवटार, चारघरे, आँपचौर गाउँका स्थानीय र सुरुङ निर्माणमा खटिएका मजदूर...
सीता माविको कम्प्युटरको सीपीयु तोडफोड
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ स्थित सीता माध्यमिक विद्यालयको कम्प्युटरको सीपीयु तोडफोड भएको छ । उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थिङले विद्यालयको २ थान कम्प्युटरको सीपीयु तोडफोड गरी भित्रि समान चोरी, सीपीडी संचालन चेकिङ ब्याट्री २ थान र एउटा माइक्रो फोन चोरी भएको जानकारी दिए...
हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सो पार्टीका प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् । केही दिनअघि मात्रै सँस्कृति, पर्यटन तथा सहकारी...
चार जना जुवाडे प्रहरीको नियन्त्रणमा
काठमाडौं । प्रहरीले काठमाडौंबाट आइतबार दिउँसो चार जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमतीचोक डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड गाउँपालिका–२ घर भएका ४३ वर्षीय रिन्जीङ भन्ने कान्छा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी प्रभाग कपनबाट खटिएको...









