राष्ट्रिय सभाका तीन समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार ०८:५७

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ ।

मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।

जसअनुसार, बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।