माओवादीद्वारा इलाम–२ मा धीरेन्द्र शर्माको नाम सिफारिस
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचन अन्तरगत उम्मेदवारमा धीरेन्द्र शर्मा तिमिल्सिनाको नाम सिफरिस गरेको छ ।
इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी गराए ।
इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरिसकेको छ ।
कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको नाम सिफरिस गरेको छैन । त्यसको लागि कांग्रेसले मंगलबाल बैठक बोलाइएको छ ।
